हाम्रो परिचय

श्री ज्ञान ज्योति प्राथमिक विद्यालय एक अग्रणी शिक्षालय हो जसले स्थानीय समुदायका बालबालिकालाई गुणस्तरीय आधारभूत शिक्षा प्रदान गर्दै आएको छ। शिक्षाको ज्योति फैलाउने उद्देश्यले स्थापना गरिएको यस विद्यालयले शैक्षिक, नैतिक तथा सामाजिक विकासमा विशेष ध्यान दिएको छ। शिशु कक्षादेखि कक्षा पाँचसम्म पठनपाठन हुने यस विद्यालयमा अनुभवी, समर्पित तथा छात्रमैत्री शिक्षकमण्डली रहेको छ।

विद्यालयले आधुनिक शिक्षण विधिहरू, सफा र सुरक्षित वातावरण, र विद्यार्थीहरूको प्रतिभा उजागर गर्न विभिन्न अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको छ। “शिक्षा नै भविष्यको आधार हो” भन्ने मुल नारालाई आत्मसात गर्दै श्री ज्ञान ज्योति प्राथमिक विद्यालयले शिक्षाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ विश्वास लिएको छ।

यस हाकु माध्यमिक विद्यालय आमाछोदिङमो गाउँपालिका वडा नं १, ठूलो हाकुमा अवस्थित छ

यस हाकु माध्यमिक विद्यालय आमाछोदिङमो गाउँपालिका वडा नं ५, सिम्जुमा अवस्थित छ । २०४६ सालमा स्थापना भएको यस विद्यालयमा माध्यमिक तह सम्म कक्षाहरु संचालन हुन्छ । पढाइ सँग सँगै विद्यार्थीहरुको लागि बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै थप उत्साहको साथ विद्यार्थीहरुलाई पठनपाठनमा अग्रसर गराइन्छ ।

यद्यपि यी विद्यालयहरू सीमित स्रोतसाधन, विद्यार्थीको ठूलो संख्या, र ग्रामीण-शहरी क्षेत्रमा देखिने असमानताहरू जस्ता चुनौतीहरू सामना गरिरहेका छन्, सरकारी विद्यालयहरूले विशेष गरी गरीब तथा पिछडिएका वर्गका बालबालिकाहरूका लागि शिक्षाको ढोका खोलिदिएका छन्। धेरै विद्यालयहरूले निःशुल्क वा नाममात्रको शुल्कमा शिक्षा प्रदान गर्नुका साथै पाठ्यपुस्तक र छात्रवृत्ति जस्ता सुविधा उपलब्ध गराएका छन्
विगतका केही वर्षहरूमा, शिक्षक प्रशिक्षण कार्यक्रम, पूर्वाधार विकास, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमार्फत यी विद्यालयहरूको गुणस्तर सुधार गर्न थुप्रै पहल गरिएका छन्। यसरी, सरकारी विद्यालयहरूले नेपालमा सबैका लागि समावेशी र समान गुणवत्तायुक्त शिक्षा सुनिश्चित गर्न तथा दिगो विकास लक्ष्य ४ (SDG 4) प्राप्त गर्न ठूलो योगदान पुर्‍याइरहेका छन्।

नाम्सी तामाङ

विद्यालय व्यवस्थापन समिति अध्यक्ष
९८--------------

राजेन्द्र श्रेष्ठ

प्रधानाध्यापक
९८४०९०३४९३
schoolgyanjyoti@gmail.com

रणी सिंह धामी

सहायक प्रधानाध्यापक/सूचना अधिकारी
९८४८६३१३३०
schoolgyanjyoti@gmail.com

आमाछोदिङमो गाउँपालिकाको शैक्षिक पात्रो

आमाछोदिङमो गाउँपालिकाको शिक्षा बुलेटिन

श्री ज्ञान ज्योति प्राथमिक विद्यालय बाल दिवस २०८१ समारोह ।

“बालबालिकामा लगानी, शुनुस्चित भविष्यको थालनी” भन्ने नारा को साथ बालबालिकाहरु

सूचना तथा समाचारहरु

सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार !

सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार ! आमाछोदिङमो गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार हाम्रो विद्यालयको जाडो बिदा सकिएर हिजो देखि पठन पाठन सुरु भइ विद्यालय नियमित रूपमा सञ्चालन भइरहेको हुनाले आफ्ना नानीबाबुहरुलाइ समयमा नै विद्यालय पठाइ शैक्षिक क्रियाकलापमा सरिक गराइ दिनुहुन हार्दिक अनुरोध गरिन्छ । २०८१/१०/०३ - विद्यालय प्रशासन

Read More

अतिरिक्त क्रियाकलाप

आमाछोदिङमो गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित माध्यमिक विद्यालय स्तरीय शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी हाकु माध्यमिक बिध्यालय ।

सम्पर्क गर्नुहोस

आमाछोदिङमो गाउँपालिका वडा नं ५, सिम्जु, रसुवा, नेपाल

+९७७-९८४०९०३४९३
schoolgyanjyoti@gmail.com

हाम्रो सोसल मिडिया

Scroll to Top